खुदुनाबारी गाबिसको हार्दिक अपिल

 

सन् २०१४ भित्र खुदुनाबारीलाइ खुल्ला दिसामुक्त गाबिस घोषणा गर्नका लागि गाबिस क्षेत्रका सबै राजनीतिक दल, सामुदायिक बन, बिधालयहरु, धार्मिक आस्थाका केन्द्रहरु, स्वास्थ्य संस्था, गैर सरकारी संस्था, युवा क्लबहरु, सहकारी संस्था, महिला समुहहरु सबैको अतुलनीय योगदान रहदै आएको छ। खुल्ला दिसा एबं सरसफाईको चेतना स्तरमा गुणात्मक परिबर्तनका लागि जनचेतना जगाउन र खुदुनाबारीको आर्थिक उन्नतिमा उधमशिलता विकास गर्नका लागि यस अभियानलाई अझ उचाइमा लैजानका लागि खुदुनाबारी गाबिसबाट १० विधामा उच्चतम ज्ञान, सीप र सामाजिक क्षेत्रमा योगदान पुर्याउने प्रेरक व्यक्तिहरुको अझ बढी भूमिका आवश्यकता भएको हुँदा शौचालयको प्रयोग, सरफाइ एबं उत्पादनशील क्षेत्रमा नागरिकहरुको सहभागिता बढाउन खुदुनाबारीको बिभिन्न स्थानमा होर्डिंग बोर्ड (Hoarding Boards) हरु राखिने भएको छ।  यसका लागि १० प्रेरक व्यक्तिहरुको (Mentors) छनौट गर्नु पर्ने भएकोले निन्म १० विधामा व्यक्तिको नाम उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछौ।

 

नाम शिफारिस गर्नका लागि निम्न अनुरसार नियमहरुको पालना गरिदिनुहुन समेत अनुरोध गर्दछौ।  

 

  • नाम शिफारिस गर्दा कुनै पनि किसिमका, राजनीतिक,धार्मिक, संस्कृतिक लैंगिक तथा जातिय विभेद  नगर्नुहुन अनुरोध छ।

  • शिफारिस गरिएको व्यक्ति कुनै न कुन हिसाबले खुदुनाबारी गाबिससंग सम्बन्धित हुनुपर्ने छ। खुदुनाबारी छोडेर अन्तै बसाइ सरेर गएको व्यक्तिलाइ स्वीकार्य हुने छैन। खुदुनाबारीमा बसोबासको हिसाबले कुनै न कुनै सम्बन्ध हुनु पर्ने।  

  • शिफारिस गरिएको व्यक्ति गाबिस भित्र स्थाई र स्वदेश  वा संसारको जुनसुकै स्थानमा अस्थाईरुपमा पेशा तथा अन्य कुनै उदेश्यले बसोबास गरेको हुन सक्छ।

खुदुनाबारी गाविसमा रहेर फरक क्षमताभएको (अपांग ) सफल व्यक्तित्व

शिफारिस गरिएको व्यक्तिको विवरण
शिफारिस गर्ने व्यक्तिको नाम ठेगाना