खुदुनाबारी गाबिस सचिबहरु

 

क्र.स.

सचिबको नाम

मिति (कार्यरत अबधि)

श्री बिर ब.गोले तामा¨

२०३९

श्री सोमनाथ निरौला

२०४०

श्री अधिकलाल मेचे

२०४२

श्री मेघराज काफले

२०४३

श्री डिल्ली प्रसाद कोइराला

२०४४

श्री कमल तामा¨

२०४७

श्री राजेन्द्र पराजुली

२०४८

श्री चन्द्र प्रकास सिटौला

२०४९

श्री राम कुमार महत

२०४९

१०

श्री राम प्रसाद प्रसाई

२०५१

११

श्री रघुनाथ निरौला

२०५२ .देखि २०६१

१२

श्री माधब प्रसाद पौडेल

२०६१  देखि २०६२

१३

श्री दिल ब.भुजेल

२०६२।...। देखि

१४

श्री चन्द्रकान्त पोख्रेल

२०६३।....।...देखि ०६६।१।७

१५

श्री राजेन्द्र प्याकुरेल

२०६६।१।८देखि २०६६।११।११

१६

श्री बासुदेब भट्टराई

२०६६।११।१२ देखि २०७०।९।..

१७

श्री गणेश कुमार बुढाथोकी

२०७०।९।१७ देखि

गाउँ विकास समितिको कार्यालय ,खुदुनाबारी झापा ,

सेवाग्राहीहरुलाई प्रदान गरिने सेवा र सुविधाहरुसँग सम्बन्धित

१. पंजीकरणतर्फ

क्र.सं

प्रदान गरिने सेवाहरु

कार्य सम्पन्न प्रक्रिया तथा सेवाग्राहिले गर्नु पर्ने कार्यहरु

लाग्ने समय

शुल्क/दस्तुर

जिम्मेवार कर्मचारी वा शाखा

जन्म दर्ता

क) गा.वि.स. बाट प्राप्त अनुसूची २ फारम भर्ने 
ख) बच्चाको नाम र जन्म मिति 
ग) बाबु र आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि 
घ) बाबु / आमा / बाजे वा सबैभन्दा नजिकको हकवाला सुचक हुनुपर्ने

प्रक्रिया पुरा भएपछि तत्काल

क) ३५ दिन भित्र निःशुल्क 
ख) ३५ दिनको म्याद नाघेमा रु. १०।- देखि रु. ५१।- सम्म जरिवाना

स्थानिय पञ्जिकाधिकारी

 

 विवाह दर्ता

 क) गा.वि.स. बाट प्राप्त अनुसूची ४ फारम भर्ने
ख) श्रीमान र श्रीमती दुबैको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
ग) श्रीमतीको नागरिकता नभएको अवस्थामा श्रीमानको नागरिकता अनिवार्य
घ) श्रीमान र श्रीमती दुबैको उपस्थिति अनिवार्य

 प्रक्रिया पुरा भएपछि तत्काल

क) ३५ दिन भित्र निःशुल्क
ख) ३५ दिनको म्याद नाघेमा रु. १०।- देखि रु. ५१।- सम्म जरिवाना 

 स्थानिय पञ्जिकाधिकारी

 

 मृत्यु दर्ता

 क) गा.वि.स. बाट प्राप्त अनुसूची ३ फारम भर्ने
ख) मृतकको नागरिकताको प्रमाणपत्र 
ग) मृतकको नागरिकताको प्रमाणपत्र नभएको अवस्थामा सुचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
घ) मृतकको श्रीमान/श्रीमती/छोरा/छोरी नभएको अवस्थामा तिन पुस्ते भित्रमा पर्ने व्यक्तिहरु सुचक बन्न सक्ने

 प्रक्रिया पुरा भएपछि तत्काल

 क) ३५ दिन भित्र निःशुल्क
ख) ३५ दिनको म्याद नाघेमा रु. १०।- देखि रु. ५१।- सम्म जरिवाना

स्थानिय पञ्जिकाधिकारी

 

 सम्बन्ध विच्छेद

 क) सम्बन्ध विच्छेद भएको अदालतको फैसलाको कागजात ख) निबेदन ग) अन्य आवश्यक कागजातहरु

प्रक्रिया पुरा भएपछि तत्काल 

 क) ३५ दिन भित्र निःशुल्क
ख) ३५ दिनको म्याद नाघेमा रु. १०।- देखि रु. ५१।- सम्म जरिवाना

 स्थानिय पञ्जिकाधिकारी

 

बसाँई सराई 

क) सम्बन्धित व्यक्तिको निबेदन (बसाँई सरी जानेको जन्म दर्ता प्रमाण समेत खुलेको) ख) नागरिकता प्रमाणपत्रको प्रतिलिपि ग) जग्गाधनी प्रमाणपुर्जा घ) वडा सर्जमिनको मुचुल्का 

प्रक्रिया पुरा भएपछि तत्काल 

 क) ३५ दिन भित्र निःशुल्क
ख) ३५ दिनको म्याद नाघेमा रु. १०।- देखि रु. ५१।- सम्म जरिवाना

 स्थानिय पञ्जिकाधिकारी

खुदुनाबारी गाबिसको जनसख्या ग्राफ

 

झापा जिल्लाका ४७ गाउँ विकास समितिहरु मध्ये एक खुदुनाबारी गाविसको नामाकरण तथा भौगोलिक अवस्थितीको आफ्नै ऐतिहासिक पृष्टभूमि एवं विशेषताहरु रहि आएका छन् । आदि कालमा यसक्षेत्रमा गोपालवंशीहरुले गाइ पालन गरेको कुरा पौराणीक कथाहरुमा पाइन्छ । यस गाउँको सबै भन्दा पुरानो जाती कुमाल हुन (श्रोत बुधबारे गाउँ पंञ्चातको स्मारीका) यस जातीले माटोको भाँडा बनाउने परम्परागत पेशाभएकाले कुमाल जातीले सो पेशा छाडे । भाँडा बनाउने चक्रलाई उनीहरुको भाषामा “खुदा” भन्छ्न भने छैन भन्दा “ना” प्रयोग गर्छन । चक्र नभएको बारी भन्ने बाक्यका आधारमा “खुदो” “ना”  “बारी” नाम रहन गयो भन्ने तर्क पनि कम महत्वको छैन । साथै  कुमाल जातीको भाषामा झुप्रो घर लाई “खुजुना” भनिने भाषाबाट पनी खुदुनाबारी हुन गयो भन्ने तथ्य छ ।यस गाविसको सिमानामा पूर्वमामा बुधबारे र अर्जुनधारा गा.बि.स., पश्चिममा– इलामको दानाबारी गा.बि.स, उत्तरमा–  इलमकै शान्तिपुर र लक्ष्मीपुर गा.बि.स र दक्षिणमा – झापको अर्जुनधारा र सुरुंगा गा.बि.स। रहेका छन् । बर्षौ अघिदेखि कुमालहरुको मूख्य बसोबास स्थानको रुपमा रहनु,  हिन्दु धर्मका महान प्रचारक आदि शकराचार्यको पीठ रहनु, किराँत धर्मका महान गुरु फाल्गुनन्दको माङ्गीमको स्थापना हुन, ऐतेहासिक झापा आन्दोलनका ५ सहिदहरुले साहदत प्राप्त गरेको सुखानी यही गाविसमा रहनु, यस गाविसको केही भुभागमा भुटानी शरणार्थीहरुले २० बर्षसम्म आश्रय स्थलका रुपमा रहनु आदि । भौगोलिकरुपमा खुदुनाबारी अन्य गाविसको तुलनामा दुर्गम गाविसको रुपमा लिइन्छ । यो गाविस ९ वटा बर्खे खोलाहररुको बीचमा अवस्थित छ । बर्षाको समयमा सदरमुकाम लगायत जिल्लाका अन्य व्यापारिक केन्द्रहरुसँग जोड्नका लागि यिनै खोलाहरु बधक बन्ने गरेका छन् ।

यस गाविसमा हिन्दु, किराँत, बुद्धिष्ट, इस्लाम, क्रिष्टियन आदि धार्मिक आवस्था राख्ने मानिसहरुको वसोबास छ भने जातीय आधारमा ३४.८५% आदिवासी जनजाती, १२.६३% दलित र ५२.५२% व्राम्हण/क्षेत्री रहेका छन् । त्यसरी नै ३६.८२% गरीव, १६.८२%  मध्यम र ४६.३६% जनसख्या धनी वर्ग रहेका छन् । अधिकाशं मानिसहरुले कृषि पेशा अगालेका छन्  भने बैदेशिक रोजगारमा जानेहरुको संख्या समेत उल्लेख्य रहेको छ ।