झापा जिल्लाका ४७ गाउँ विकास समितिहरु मध्ये एक खुदुनाबारी गाविसको नामाकरण तथा भौगोलिक अवस्थितीको आफ्नै ऐतिहासिक पृष्टभूमि एवं विशेषताहरु रहि आएका छन् । आदि कालमा यसक्षेत्रमा गोपालवंशीहरुले गाइ पालन गरेको कुरा पौराणीक कथाहरुमा पाइन्छ । यस गाउँको सबै भन्दा पुरानो जाती कुमाल हुन (श्रोत बुधबारे गाउँ पंञ्चातको स्मारीका) यस जातीले माटोको भाँडा बनाउने परम्परागत पेशाभएकाले कुमाल जातीले सो पेशा छाडे । भाँडा बनाउने चक्रलाई उनीहरुको भाषामा “खुदा” भन्छ्न भने छैन भन्दा “ना” प्रयोग गर्छन । चक्र नभएको बारी भन्ने बाक्यका आधारमा “खुदो” “ना”  “बारी” नाम रहन गयो भन्ने तर्क पनि कम महत्वको छैन । साथै  कुमाल जातीको भाषामा झुप्रो घर लाई “खुजुना” भनिने भाषाबाट पनी खुदुनाबारी हुन गयो भन्ने तथ्य छ ।यस गाविसको सिमानामा पूर्वमामा बुधबारे र अर्जुनधारा गा.बि.स., पश्चिममा– इलामको दानाबारी गा.बि.स, उत्तरमा–  इलमकै शान्तिपुर र लक्ष्मीपुर गा.बि.स र दक्षिणमा – झापको अर्जुनधारा र सुरुंगा गा.बि.स। रहेका छन् । बर्षौ अघिदेखि कुमालहरुको मूख्य बसोबास स्थानको रुपमा रहनु,  हिन्दु धर्मका महान प्रचारक आदि शकराचार्यको पीठ रहनु, किराँत धर्मका महान गुरु फाल्गुनन्दको माङ्गीमको स्थापना हुन, ऐतेहासिक झापा आन्दोलनका ५ सहिदहरुले साहदत प्राप्त गरेको सुखानी यही गाविसमा रहनु, यस गाविसको केही भुभागमा भुटानी शरणार्थीहरुले २० बर्षसम्म आश्रय स्थलका रुपमा रहनु आदि । भौगोलिकरुपमा खुदुनाबारी अन्य गाविसको तुलनामा दुर्गम गाविसको रुपमा लिइन्छ । यो गाविस ९ वटा बर्खे खोलाहररुको बीचमा अवस्थित छ । बर्षाको समयमा सदरमुकाम लगायत जिल्लाका अन्य व्यापारिक केन्द्रहरुसँग जोड्नका लागि यिनै खोलाहरु बधक बन्ने गरेका छन् ।

यस गाविसमा हिन्दु, किराँत, बुद्धिष्ट, इस्लाम, क्रिष्टियन आदि धार्मिक आवस्था राख्ने मानिसहरुको वसोबास छ भने जातीय आधारमा ३४.८५% आदिवासी जनजाती, १२.६३% दलित र ५२.५२% व्राम्हण/क्षेत्री रहेका छन् । त्यसरी नै ३६.८२% गरीव, १६.८२%  मध्यम र ४६.३६% जनसख्या धनी वर्ग रहेका छन् । अधिकाशं मानिसहरुले कृषि पेशा अगालेका छन्  भने बैदेशिक रोजगारमा जानेहरुको संख्या समेत उल्लेख्य रहेको छ ।